कारोबारको दुई घण्टा: रोकिएन शेयर बजारको पहिरो, ५ अर्बको कारोबार

काठमाडौं, ७ असार । शेयर बजारमा पहिरो जानेक्रम रोकिएको छैन् । साताको कारोबारको दोस्रोदिन कारोबार शुरु भएदेखि ओरालो लागेको बजार कारोबारको दुई घण्टा १ बजे सम्ममा ५३.७१ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार यो सँगै परिसूचक २८५१.७६ को बिन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका २१३ कम्पनीको ८३ लाख ९६ हजार ८९६ कित्ता शेयर ५३ हजार ९२४ पटक खरिद बिक्री हुदाँ ५ अर्ब १ करोड १९ लाख १२ हजार ८३४ रुपैंया बराबरको कारोबार भएको छ ।

शेयर कारोबारमा धितोपत्र बोर्डको विज्ञप्तीको असर देखिएको छ। बोर्डले जोखिम भनेर व्याख्या गरेका सबैजसो कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here