दैनिक ३० केजी सुन आयात गर्न माग

काठमाडौं ८ असार । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले दैनिक ३० केजी सुन विक्री वितरणको व्यवस्था गर्न माग गरेको छ ।

लकडाउनले लामो समय बन्द भएर गहना व्यवसाय पून सूचारु हुन थालेकोले आयातको कोटा बढाउन माग गरेको हो ।

‘लामो समयपछी बजार खुलेको र चाडपर्व पनि नजिकिदै गएकोले कोटा बढाउन माग गरिएको छ’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

बजार खुलेपनी माग अनुसारको सुन आयात नभएकोले नेपाल राष्ट्र बैंकलाई दैनिक ३० केजी सुन विक्रीको व्यवस्था गर्न माग गरेको महासंघले जानकारी दिएको छ । हाल दैनिक २० केजी सुन आयात हुदै आएको छ ।

बैशाख १६ गते देखि लकडाउन घोषणा गरिए पश्चात व्यापार, व्यवसायलगायत क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।

असार ८ गते देखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अनुसार सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि चालू भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here