५० प्रतिशत यात्रु राखेर असार १७ गतेदेखि आन्तरिक उडान संचालन गर्न अनुमति

काठमाडौं, ९ असार । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय गरेको छ।

बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको हो । यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न पाइने छ ।

सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here