सार्वजनिक सवारीको भाडा तत्काल नबढ्ने

काठमाडौं, ३१ जेठ । सार्वजनिक यातायातको भाडा बढाउने निर्णय सरकारले फिर्ता लिएको छ । बिहीबार दिउसो १२ प्रतिशतले भाडा बढाउने निर्णय गरेको यातायात व्यवस्था विभागले सोही दिन साँझ आफ्नो निर्णय फिर्ता लिएको हो ।

वैज्ञानिकरुपमा भाडादरको समायोजन गर्ने बताउँदै उसले आफ्नो निर्णय स्थगन गरेको हो । विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने भएकाले बिहीवार जारी निर्णय तत्काल कार्यान्वयनमा नआउने भएको हो ।

सार्वजनिक यात्रु तथा मालवाहक सवारीको भाडादरका साथै काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यात्रुवाहक सवारी सञ्चालन र रिङरोड भित्र तथा भक्तपुर र कीर्तिपुर नगरपालिकाको भित्री क्षेत्रमा मालबाहक ढुवानीका साधनलाई प्रवेश तथा सञ्चालनमा रोक लगाउने सूचना पनि तत्कालका लागि स्थगित गरेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

विभागले बिहीबार दिउँसो नै १२ प्रतिशतले बढाउने भाडाका लागि नयाँ दर समेत सार्वजनिक गरेको थियो ।
बढाइएको भाडादरले सरकारको तीब्र आलोचना हुनसक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हालका लागि बढाइएको भाडादर स्थगित गर्न निर्देशन दिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here