३५८५ रुपैयाँ बजार मूल्य रहेको शेयर १२ सयमा किन्ने अवसर !

काठमाडौं, ११ असार । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर शुक्रबारदेखि लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । उक्त शेयरको न्यूनतम भाउ १२ सय रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी भाउ अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।

यसमा असार १८ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । उक्त कम्पनीको शेयरको बजार मूल्य विहिबार ३५८५ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here