थप २४७६ जनामा कोरोना संक्रमण पुष्टी, ५४५५ जना संक्रमणमुक्त

काठमाडौं, ११ असार । पछिल्लो २४ घण्टामा देशभर २४७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९५८६ पीसीआर परीक्षणमा १७२१ र ४७६५ जनाको एन्टिजेन परीक्षणमा ६५५ जना गरी २४७६ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५४५५ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here