सवारी चालक ‘लाइसेन्स’ परीक्षाको तयारीमा हुनुहुन्छ ? यस्तो छ नयाँ पाठ्यक्रम

काठमाडौं, १२ असार । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ ।

कोरोना महामारीका कारण गत वैशाख १६ गतेबाट लाइसेन्स परीक्षा स्थगित छ । अब लिइने लाइसेन्स परीक्षामा नयाँ पाठ्यक्रम आधारमा प्रश्न सोधिने विभागले जनाएको छ ।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ( वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो । यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागूमा आएको छ ।

उक्त निर्देीशकाको दफा ५(२) बमोजिम वर्ग ‘क’/‘ट’ (ए/के) र वर्ग ‘ख’ (बी) को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००/५०० वटा प्रश्नहरुको २ वटा प्रस्न संग्रह विभागले सार्वजनिक गरेको हो।

अगामी दिनमा वर्ग ‘क’/‘ट’ (ए/के) र वर्ग ‘ख’(बी) का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरु रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार गर्नुपर्नेछ ।

उल्लेखित प्रश्न पत्रमा संग्राहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ प्रविधिका आधारमा प्रश्नहरुलाई वार्षिकरुपमा अध्यावधिक गरिँदै जाने विभागले जनाएको छ ।

यस्तो छ प्रश्नोत्तर संग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here