थप १९२० जनामा कोरोना संक्रमण पुष्टी, ३००७ जना संक्रमणमुक्त

काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा देशभर १९२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६००० पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३००७ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार ३३६ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here