आर्थिक बृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सिमीत रहने एडिबीको प्रक्षेपण

क्लाउडपत्रिका

काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहने अनुमान गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसियन आउटलुक २०१८ सार्वजनिक गरेको छ ।

सो अवसरमा बैंकका आर्थिक कर्मचारी मानबर खड्काले सन् २०१८ मा नेपालको आर्थीक वृद्धिदर ५ प्रतिशतभन्दा कम रहने जानकारी दिएका हुन ।
त्यस्तै सरकारको संसोधित आर्थिक बृद्धिदर ६ प्रतिशत रहने अनुमान भएपनि एडीबीले भने ५ प्रतिशतभन्दा तल नै रहने बताएको हो ।

यस अघि एडीबीले ६ महिनाको समिक्षा गर्दै नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ७ प्रतिशत रहने अनुमान गरेको थियो ।

तराईमा गएको बाढी तथा पुनर्निर्माणले गति लिन नसकेसँगै नेपालले लक्ष्य अनुरुप आर्थिक बृद्धिदर हासिल गर्न नसक्ने अनुमान एडिबीको छ ।

कार्यक्रममा एसियाली विकास बैंकका अर्थशास्त्री सरद भण्डारीले कमजोर विप्रेषण आयलाई निर्यात र पर्यटनको क्षेत्रको आम्दानीले क्षतिपूर्ति गर्न नसक्नाले चालु खाता घाटा बढ्न सक्ने जानकारी दिए ।

उनले यो बर्षको पहिलो ७ महिनामा राजस्व संकलन २६ दशमलव ९ प्रतिशतले बढेको समेत बताएका थिए ।

बैंकले २०७४ को मध्ये मसान्तसम्म व्यापार घाटा ५ अर्व ८० करोड अमेरिकी डलर पुगेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here