सामाजिक सुरक्षा कोषमा ६ अर्ब ३९ करोड संकलन, ८ प्रतिशत प्रतिफल वितरण गर्ने

काठमाडौं, १४ असार । सामाजिक सुरक्षा कोषमा हालसम्म कोषमा रु ६ अर्ब ३९ करोड ३५ लाख योगदान संकलन भएको छ । हालसम्म कोषमा जम्मा १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ताबाट उक्त रकम संकलन भएको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साउन १ बाट निरन्तर योगदान रकम संकलन भैरहेको कोषले जनाएको छ । योगदानकर्तालाई दाबी भुक्तानी बापत ११ करोड ६२ लाख रकम भुक्तानी गरेको छ ।

कोषले सञ्चालन गर्ने औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २,०४७ योगदानकर्तालाई रु ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार दाबी भुक्तानी गरेको छ ।

त्यस्तै आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र वृद्धावस्था सुरक्षा योजनामा ८७४ योदानकर्तालाई
कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ ।

२०७६/७७ भित्र सूचीकृत योगदानकर्ता कोषको आ.व. २०७६र७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीवाट प्राप्त प्रतिफल तीन करोड ८० लाख १५ हजार ६९८ वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको कोषले जनाएको छ । सो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा यथासक्य चाँडो जम्मा गर्ने जनाइएको छ ।

कोषले सञ्चालनमा ल्याएका समाजिक सुरक्षा योजनाहरुको सफल कार्यन्वयनमा सबै सरोकारवालाहरुको सहयोग र सहकार्यको अपेक्षासहित यथासक्य छिटो कोषमा आवद्ध भइ कोषले प्रदान गर्ने सुविधाहरु उपयोग गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here