राष्ट्र उत्थानको आईपीओ आउँदै, एनआईबीएल एस बिक्री प्रवन्धक

काठमाडौं, १४ असार । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सार्वजनिक निष्काशनका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

त्यसका लागि राष्ट्र उत्थानका तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एसका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सोमबार एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here