कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा, केही जिल्लामा लम्बियो (सूचीसहित)

काठमाडौं, १६ असार । पछिल्लो समयमा कोरोना संक्रमित र मृतक संख्या घटेसँगै निषेधाज्ञा हट्दै गएको छ ।

गृृह मन्त्रालयका अनुसार अहिलेसम्म ७७ मध्ये ६८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यसअघि मनाङ र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा लगाइएको थियो ।

देशभर पूर्ण र आंशिक गरी ६६ वटा जिल्लामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या बढेको थियो।

तर संक्रमितको संख्या घटेसँगै निषेधाज्ञा घट्दै गएको छ । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखिको निषेधाज्ञा निरन्तरनै रहेको छ । केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप भएको छ । जोर बिजोर आधारमा २५ सिट माथिका ठूला गाडी चल्न थालेका छन् ।

यस्तै रामेछाप र स्याङजामा निषेधाज्ञा थप भएको छ । संखुवासभामा आज राति निषेधाज्ञा सकिँदैछ भने सुर्खेत, चितवन, रुकुम पूर्व र पश्चिम, दैलेख, मुगु, हुम्ला, लमजुङ र भोजपुरमा भोलि सकिँदैछ ।

निषेधाज्ञा लागू भएका जिल्लाका विवरण :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here