सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं, २० असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

आइतवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेछ । शुक्रवार प्रतितोला रू. १ हजार ३१० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार ३२५ मा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य रू। १५ ले बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here