ढाड दुख्ने समस्या छ ? यी हुन् दुखाई कम गर्ने घरेलु उपाय

काठमाडौं । व्यस्त जीवनशैली, तनावपूर्ण जीवन, यात्रा, अस्वस्थकर खानपान र बर्कआउट लगाएतका कृयाकलापको कारण मानिसहरुमा स्वास्थ्य समस्या बढ्दै गएको छ ।

स्वास्थ्यको सवाल भएकाले यसको समयमा नै समाधान खोजिएन भने भविष्यमा भयानक परिणाम देखा पर्न सक्दछ ।

आजभोली एउटा उमेर पछि ढाड दुख्ने समस्या धेरै जसोमा देख्न सकिन्छ । चाहे शहरमा बसेर कार्यालय जाने हुन् वा गाँउमा खेति किसानी गरेर बस्ने हुन् सबैमा ढाड दुख्ने समस्या आउने गरेको पाइएको छ । हामीले यँहा ढाड दुख्नबाट कम गर्न सकिने केहि घरेलु उपायको चर्चा गर्न खोजेका छन् ।

यी हुन् दुखाई कम गर्ने घरेलु उपाय :

१. नरिवलको तेललाई भाँडामा राख्नुस् र यसलाई ५ मिनेट जती तताउनुस् । तताइसकेपछि एक बन्द बोतलमा राख्नुस् । शुरुमा हप्तामा दुई पटक राती सुत्नु अगाडि ढाडमा मालिस गर्नुहोस् ।

२. मनतातो पानीको बाल्टीनमा केहि थोपा तेल राख्नुस्, यसरी तयार पारीएको पानीले नुहाँउदाँ तपाईको ढाड दुखाइ कमगर्न सहयोग गर्दछ । यति मात्र होइन, तपाई तनाव मुक्त पनि महसुस गर्नु हुनेछ ।

३. जब तपाई केहि समय टिभी हेर्दै हुनुहुन्छ भने, पछाडि तातो पानीको भाँडा वा तातो वस्तुमा अड्डिनुस्, यसले पनि तपाईका ढाड दुखाइमा कमी ल्याउने छ । तातो वस्तु पछाडि प्रयोग गर्दा तपाईलाई सजिलो भएको महसुस हुनेछ ।

४. नुहान जानु अघि एक घण्टा जति तोरीको तेलले ढाड मालिस गर्नुहोस् । यसो गर्नाले तपाइलाई तातोपानीको बाफ लिएक ओजस्तो अनुभूति हुनेछ र ढाड दुखाई छ भने यसले कम गर्ने छ ।

५. तातो दुधको गिलासमा हल्का खरानी र महपनि राखनुहोस्। यसलाई नियमीत रुपमा प्रयोग गर्न सक्नु भयो भने तपार्यको ढाड, घाँटीको दुखाइ र चिसोबाट पनि बच्न सकिन्छ।

६. चिया पिउदाँ अदुवाको प्रयोग गर्नुस्, यसले पनि तपाईको ढाडको समस्या कम गर्न सहयोग गर्दछ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here