यी हुन् विश्वका १० महंगा शहर, पहिलो कुन ?

काठमाडौँ । मर्सरले हरेक वर्ष सार्बजनिक गर्ने विश्वका कस्ट अफ लिभिंग सिटी (महंगो शहर) को सूचीको पहिलो नम्बरमा टुर्कमेनिस्तानको शहर अश्गाबाट रहेको छ ।

२०२० को सूचीमा दोस्रो स्थानमा रहेको अश्गाबाट यस बर्ष विश्वकै महँगो शहरमा पहिलो नम्बरमा उक्लिएको हो ।

मर्सरले शहरमा बस्न हुने खर्चको आधारमा विश्वका २०६ शहरको वरियता सार्बजनिक गरेको छ ।

यस अध्ययनमा घर, यातायात, र मनोरञ्जनमा लाग्ने खर्चलाई समावेश गरिएको थियो ।

टुर्कमेनिस्तान हाल आर्थिक मन्दीमा रहेको र खानाको समेत अभाव रहेकोले अहिले यस शहरमा बस्न विश्वमै सबैभन्दा महँगो रहेको अध्ययनले देखाएको छ ।

त्यस्तै यस अध्ययनमा विश्वमा सबैभन्दा सस्ता शहरहरुमा क्रिगिस्तानको बिश्केक, जाम्बियाको लुसाका, जर्जियाको टीबीलिसी शहर रहेका छन् ।

यी हुन् विश्वका १० महंगा शहरः

१. अश्गाबाट, टुर्कमेनिस्तान,
२. हङकङ, हङकङ
३. बेरुत, लेबनान,
४. टोकियो, जापान,
५. जुरिच, स्वीट्जरल्याण्ड,
६. शंघाई, चीन,
७. सिंगापुर,
८. जेनेभा, स्वीट्जरल्याण्ड
९. बेइजीङ, चीन
१०. बेर्न, स्वीट्जरल्याण्ड(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here