ट्राभल एजेण्ट र ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी गर्न सक्ने

काठमाडौं, ३२ जेठ । नेपाली ट्राभल एजेण्ट र उनीहरुबाट सेवा लिने ग्राहकहरुले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा) र नेपाल क्लियरिङ्ग हाउसवीच नाटाका सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीको व्यवस्था गर्न सनिवार सम्झौता भएको छ । उक्त समझदारीमा नाटाका अध्यक्ष सिएन पाण्डे र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारीअन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टहरुले कनेक्ट आईपीएस ईपेमेण्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा आवद्ध गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् । ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई कनेक्टआईपीएस डट कम अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै नाटालाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानी पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपालभरका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here