सुनको मूल्य सामान्य वृद्धि, चाँदी घट्यो

काठमाडौं, २५ असार । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीवारको तुलनामा शुक्रबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लोदिन प्रतितोला ९२ हजार ३ सय रहेकोमा आज मूल्य बढेर ९२ हजार ४ सय प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्सस्तै आज तेजाबी सुनको मूल्यमा पनि १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । बिहीवारको तुलनमा आज शुक्रवार चाँदीको मूल्यमा भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here