यूरोपबाट फर्केपछि प्रधानमन्त्रीले भने– सरकारले जनता रुवाउने होइन हसाँउने काम गर्छ

काठमाडौं, १ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले वर्तमान सरकारले जनताप्रति उतदायी भएको बताएका छन् ।

यूरोपको ९ दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् । ‘अबको समयआवेश उत्तेजना र द्वन्द्वको समय होइन’ प्रधानमन्त्रीओलीले भने, ‘यो संवाद, सहमति, र अग्रगमनको समय हो ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उतरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताए । ‘योे सरकारले जनताको मन दुखाउने होइन जनता हसाँउने काम गर्छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीओलीले सरकारल गुठी विधयकले कसैलाई मार परेको भएत्यसलाई सरकारले हेर्ने समेत बताए । ‘गुठीका नाममा कतिपय ठाउँमा गरिब माथि शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं’ प्रम ओलीले भने ‘तर यसले कसैलाई धक्का परेको भएत्यसलाई पनि हेर्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here