४८ एमपी क्यामेरा, ५००० एमएएच ब्याट्रीसहितको ग्यालेक्सी ए२२ नेपालमा

सामसङ नेपालले ४८ मेगापिक्सल क्वाड क्यामेरा र ५००० एमएएच ब्याट्रीयुक्त ग्यालेक्सी ए२२ सार्वजनिक गरेको छ ।

‘ग्यालेक्सी ए२२ मा यस सेगमेन्टमा भएका उत्कृष्ट फिचरहरु सहुलियत शुल्कमा प्रयोग गर्न सकिने सुविधा छ,’ सामसङ मोबाइल नेपालका विजनेस हेड प्रणयरत्न स्थापितले बताए ।

यसको ४८ मेगा पिक्सलको रियर क्यामेराले दिनमा र रातमा सफा एवं स्पष्ट फोटो खिच्दछ । १२३ डिग्रीको फिल्ड भ्यु युक्त ८ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्सले मानव आँखाले जस्तो देख्दछ तेस्तै फोटो कैद गर्न सकिने कम्पनीले दाबी गरेको छ । यसमा २ मेगा पिक्सलको माइक्रोलेन्स, २ मेगापिक्सलकै डेफ्थ क्यामरा र १३ मेगा पिक्सलको सेल्फी क्यामेरा पनि रहेका छन् ।

ए२२ मा सुपर एमोलेड डिस्प्लेको साथमा ६.४ इञ्चको इन्फिनिटी यु स्क्रिन रहेको छ । यसमा रहेको ५००० एमएएचको ब्याट्रीलाई १५ वाटको फास्ट चार्जिङ्ग सुविधा पनि रहेको छ, यसले बारम्बार चार्ज गर्नु पर्ने झन्झटबाट मुक्ति दिन्छ ।

नयाँ फोनमा अक्टाकोर प्रोसेसर र ६ जीबी र्यामका साथै १२८ जीबी इन्टरनल स्टोरेज छ । यो फोन ब्ल्याक, मिन्ट र भायोलेट गरी ४ रंगहरुमा उपलब्ध रहेको छ ।
यो फोनका ६ जीबी+१२८ जीबी भेरियन्टको मूल्य रु. २७ हजार ९ सय ९९ छ । यो फोन विहीबारदेखि नेपाली बजारमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here