एनएमबीका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यासब्याक सुविधा

काठमाडौं, २६ असार । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ ।

त्यसका लागि उसले ती कम्पनीहरुसँग द्विपक्षीय समझदारी गरेको छ ।

बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खानालगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा रु. ५ सयसम्म क्यास ब्याक प्रदान गर्ने भएको हो ।

एनएमबीका हाल देशभरी १ सय ८१ शाखा, १ सय ३७ एटीएम र ९ एक्सटेन्सन काउन्टर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here