न्यूरोडमा स्मार्ट पार्किङ सुरू, मोबाईल एपबाटै यसरी गर्न सकिन्छ बुक

काठमाडौं, १ असार । काठमाडौंको अतिव्यस्त क्षेत्र न्यूरोडमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सेवा सञ्चालनमा ल्याएको छ ।

मोबाईल एप पार्क केटिएम मार्फत पार्किङ गर्न सकिने गरी महानगरले स्मार्ट पार्किङ सञ्चालन गरेको हो ।

पार्क केटिएम डाउनलोड गरेर आफूले सवारीसाधन पार्किङ गर्ने स्थान एपबाटै बुक गर्न सकिने व्यवस्था महानगरले मिलाएको छ । तर, बुक गरेकाे १५ मिनेटसम्म नपुगेमा बुकिङ रद्द हुन्छ ।

पार्किङको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरे ।

न्यूरोड क्षेत्रमा हुने गरेको अव्यवस्थीत पार्किङको समस्यालाई न्यूनीकरण गर्न स्मार्ट पार्किङको अवधारणा ल्याएको महामनगरपालिकाले बताएको छ ।

पहिलो चरणमा विशाल बजार र धर्मपथमा पार्किङ सेवा सुरु भएको छ भने त्यसपछि क्रमशः प्यूखा, धर्मपथ, खिचापोखरी, पाको र दरबारमार्ग क्षेत्रमा पनि विस्तार गर्ने महानगरको योजना रहेको छ ।

स्मार्ट पार्किङमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरुको पार्किङ गर्न सकिने छ ।

पार्किङमा बाईक स्कुटरको २५ रुपैयाँ प्रतिघन्टा र कारको ८० रुपैयाँ प्रतिघन्टा लाग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here