चुम्बन बारेका ७ रोचक तथ्य !

काठमाडौं । चुम्बन प्रेम प्रस्तुत गर्ने एक माध्यम हो भन्ने कुरा त सबैलाई थाहै छ ।

यसबाहेक पनि चुम्बनसँग सम्बन्धित केही वैज्ञानिक शोध, अध्ययन र विश्व रेकर्ड पनि छन् जसको बारेमा तपाईंलाई थाहा नहुन पनि सक्छ ।

यस्ता छन् चुम्बनसम्बन्धी केही रोचक तथ्य :

१. हार्मोन रिलिज हुन्छ

चुम्बन गर्ने समयमा एड्रेनलिन र नरएड्रेनलिन नामक हार्मोन रिलिज हुन्छ जसले मानिसलाई उत्तेजित बनाइराख्छ । यसले मुटुको धड्कन पनि बढाउँछ र शरीरमा जम्मा भएर बसेको सुगर टुक्रिएर ऊर्जा प्रदान गर्छ ।

२. चुम्बन गर्दा दाहिनेतिर शिर ढल्काउँछन्

जर्मनीका एक अनुसन्धाताले संयुक्त राज्य अमेरिका, जर्मनी र टर्कीमा सार्वजनिक स्थलमा चुम्बन गर्ने २ सय २४ जोडीमाथि अनुसन्धान गरेका थिए । उनले करीब दुई तिहाइ जोडीले चुम्बन गर्दा दायाँतिर शिर झुकाउने गरेको तथ्य फेला पारे ।

३. मांसपेशीको कसरत

चुम्बन गर्दा ओठमात्र सक्रिय नभई १ सय ४६ ओटा मांसपेशीको व्यायाम हुन्छ ।

४. प्रतिरोधात्मक क्षमतामा वृद्धि

चुम्बन गर्नाले मानिसको प्रतिरोधात्मक क्षमता सबल हुन्छ, पीडाबाट छुटकारा मिल्छ र प्रतिमिनेट ३÷४ क्यालोरी बर्न हुन्छ ।

५. विश्व रेकर्ड

हरेक क्रियाकलापको विश्व रेकर्ड भएजस्तै चुम्बनको पनि विश्व रेकर्ड छ । थाइल्यान्डका एक जोडीले ५८ घण्टा ३५ मिनेट ५८ सेकेन्डसम्म एकअर्कालाई चुम्बन गरेर सबैभन्दा धेरै समय चुम्बन गर्ने विश्व रेकर्ड बनाएका छन् ।

६. जीवनमा कतिपटक चुम्बन गर्छन् ?

एक शोधका अनुसार मानिसहरु आफ्नो जीवनमा औसतमा २० हजार १६० मिनेट अर्थात् दुई हप्ता चुम्बनमा बिताउँछन् ।

. फिलेमेटोलोजी

चुम्बनसम्बन्धी अध्ययनलाई फिलेमेटोलोजी भनिन्छ । यसको सुरुवात १९औं शताब्दीमा भएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here