रोयल इन्फिल्डको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुँदै, कति होला मूल्य ?

काठमाडौं । रोयल इन्फिल्डको पछिल्लो संस्करण मेटोर ३५० नेपाललाई नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

रोयल इन्फिल्डको नेपालको लागि आधिकारीक वितरक विवेक अटोमोवाइल्सका अनुसार मेटोर नेपालमा सार्वजनिक गर्ने अन्तिम तयारी भईरहेको छ । मेटोर मोटरसाइकल तीन भेरियन्टमा ७ कलर अप्सनमा नेपालमा सार्वजनिक हुने कम्पनीले बताएको छ ।

मेटोर ३५० मा अलोय ह्वील, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, यूएसबी चार्जर, पुल्ड व्याक ह्याण्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमि-डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

मेटोर ३५० मा ३५० सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ ।

मूल्य कति ?

विभिन्न तीन भेरियन्टको मूल्य ६ लाख ५० हजारदेखि ७ लाख ५० हजारको बीचमा रहने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here