उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ असार । नेपाली बजारमा सुनको भाउ पुन: उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा रु २ सयले बढेको हो ।

सोमबार प्रतितोला रु ९२ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य मंगलबार तोलामा रु २ सयले बढेर प्रतितोला रु ९२ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ९ सय कायम भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १३२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here