विश्वकप क्रिकेटमा भारत-पाकिस्तान खेल जारी, १७ ओभरमा भारतको १०० रन

लन्डन, १ असार । इङ्ल्यान्डमा भइरहेकाे एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार भारत र पाकिस्तानबीचको खेल जारी छ ।

पहिले ब्याटिङ गरेकाे भारतले १७.३ ओभरमा १०० रन बनाएको छ । अहिलेसम्म भारतले कुनैपनि विकेट गुमाएको छैन । ओपनरद्दय रोहित शर्मा र लोकेस राउल क्रिजमा छन् ।

इङ्ल्यान्डको म्यान्चेस्टरमा भइरहेको खेलमा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।

कप्तान विराट कोहलीको नेतृत्वमा रहेको भारतको प्लेइङ सेटमा रोहित शर्मा, केएल राहुल, विजय शंकर, केदार जादव, एमएस धोनी, हार्दिक पान्ड्या, विनय कुमार, कुलदिप यादव, वाइएस चहल, जसप्रित बुहराह रहेका छन् ।

यसैगरी सरफराज अहमदको कप्तानीमा रहेको पाकिस्तानी टोलीको प्लेइङ सेटमा फखार जमान, इमाम अल हक, बाबर आजम, मोहम्मद हाफिज, शोएब मल्लिक, इमाद वासिम, शादब खान, हसन अलि, वाहब रियाज र मोहमद आमिर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here