झिनो अंकले बढ्यो शेयर बजार, जलविद्युतका लगानीकर्ता मालामाल

काठमाडौं, ३० असार । साताको चौंथो कारोबार दिन आज शेयर बजार झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १.०१ अंकले बढेर २८७२.०५ अंकमा पुगेको छ ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । आज इन्डेक्स ०.१४ अंकले घटेर ५३९.३८ अंकमा झरेको छ ।

आज कारोबारमा आएका मध्ये जलविद्युत, फाइनान्स, इन्भेष्टमेन्ट, समुहिक लगानी कोष र होटल तथा टुरिजम समुह बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै जलविद्युतको सूचक बढ्यो । यस समुहको सूचक २.७१ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्स समुहको सूचक १.४८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक घट्यो । यस समुहको सूचक ०.५८ प्रतिशत घट्यो ।

बुधबार २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५ सय ३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख रुपैयाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ८.१० प्रतिशत बढ्यो । त्यस्तै, नेपाल फाइनान्सको ७.७१ प्रतिशत, कालिका पावर कम्पनीको ७.११ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नबिल ब्यालेन्स फन्डका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य २.८३ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार गोर्खाज फाइनान्सले गर्यो । फाइनान्सले २९ करोड ४७ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here