टी—सिरीजले युट्युबमा राख्यो रेकर्ड, सय मिलियन सब्स्क्राइबर भएको पहिलो च्यानल

काठमाडौं, १ असार । भारतीय म्यूजीक कम्पनी टी—सिरीज भिडियो सेयरिङ साइट युट्युबमा पहिलोपटक १०० मिलियन सब्स्क्राइबर कटाउन सफल भएको छ ।

युट्युबमा सबैभन्दा धेरै सब्सक्राईबर हुने च्यानल बन्न सफल टी सिरिजले युट्युवमा बलिउड गीत संगीत राख्ने गर्छ ।

यो समाचार तयार पार्दासम्म टी—सिरीजको युट्युबमा एक सय दुई मिलियन सब्सक्राईबर रहेका छन् ।

टी—सिरीजका सञ्चालक भूषण कुमार हुन् । टी—सिरीजको केहि समयअगाडी अमेरिकी युट्युबर प्यु डी पाई सँग कस्को धेरै सब्सक्राईबर भन्ने विषयमा होडबाजी चलेको थियो । तर, अहिले प्यु डी पाईलाई टी—सिरीजले धेरै पछाडि छोडिसकेको छ ।

रियाक्सन र गेमका भिडियोहरु बनाएर युट्युबमा राख्ने प्यु डी पाइको यूट्युबमा ९६ मिलियन बढी सब्स्क्राइबर रहेका छन् ।

तेस्रोमा फाइभ मिनेट क्राफ्ट रहेको छ जसको ५६ मिलियन बढी सब्स्क्राइबर रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here