सामान्य मेकअपकै लागि पार्लर धाउनुहुन्छ ? घरमै बसेर यसरी गर्नुहोस्

काठमाडौं । सधैँ कति पार्लर धाउने तपाईले घरै बसेर पनि आफ्नो मेक अप आफै गर्न सक्नुहुन्छ । कसरी राम्रो सँग मेक अफ गर्न सकिन्छ भनेर सबैको दिमागमा आइरहन्छ ।

मेकअफ प्रोडक्ट कसरी लगाउने भन्ने पनि सहि तरिका तपाईलाई थाहा नहुन सक्छ । मेकपको लागि तपाई एउटै प्रोडक्टटको अडर लगानुहुन्छ भने यो लामो समयसम्म टिकीरहन सक्छ । यसरी स्किनकेयर र मेकअप गर्दा तपाई आर्कषक देखिन सक्नुहुन्छ ।

क्लिजिङ र टोनिङ पछि सिरम

शुरुमा अनुहारमा क्लिजिङ र टोनिङगर्नु पर्छ । क्लिजिङ र टोनिङ गरि सकेपछि अनुहारमा सिरम लगाउनु पर्दछ । यसमा हल्का लेयर पनि लगाउनु पर्छ । सिरम यस्तो इन्ग्रीडियेंट्स हुन्छ जुन स्किीनको अर्को केमिकल्स प्रटेक्ट गर्छ ।

आइ क्रिमले पफिनेश हटाउछ

सिरमको जस्तै आइ क्रिमको पनि डाइरेक्ट अप्लाइ गर्नु पर्छ । क्रिमलाई रिगं फिगरको मदतले आँखामा लगाउने । यसले फनिनेश र पिगमेंटेशन बाट बचाउछ ।

मोश्चराइज पछि सनस्क्रिन लगाउने

मोश्चराइज लगाउने स्टेप चाहि कहिल्यै पनि छुटाउनु हुदैन । तपाईको स्किन ओइल भए पनि मोश्चराइज गरे पछि स्किनलाई सुट गर्छ । अव तपाईले सनस्किन लगाउनु पर्छ । सनस्क्रिन लगाउनाको फाइदा बाहिरी वातावरण र स्किनलाई अलग गराउन मदत गर्छ ।

प्राइमरले बेस बनाउने

प्राइमरले तपाईको मेकअप प्रोडक्सको बेस मिलाउछ र लामो समयसम्म टिकाइराख्छ । तपाईले भने आफ्नो स्किनलाई सुट गर्ने खालको प्राइमर छान्नु पर्छ ।

स्किनको आधारमा फाउन्डेशन छान्ने

पाउन्डेसनको पातलो लेयर लगाउनु पर्दछ ताकी यसले हल्कासँग कभर गरोस् । आफ्नो स्किनको टोनमा ध्यान दिएर फाउन्डेशन छान्नुपर्छ । कंसिलर पहिला लगाउने की फाउण्डेशन भन्ने तपाईलाई लाग्न सक्छ । यसमा तपाई आफै ट्राइ गरेर हेर्नुस जुन सुट लाग्छ तेहि गर्न सक्नुहुन्छ ।

पाउडरले मेकअप सेट गर्ने

तपाईले जुन ओइल बेस्ट वा वाटर बेस्ट लगाउने गर्नु हुन्छ त्यसलाई सेट गर्नको लागि ट्रान्सल्युसेंट तथा टिंटेड पाउडर लगाउनुस् ।

ब्राँन्जर पछि ब्लश

बाँन्जरले तपाईलाई वार्म देखाउछ । र यसले तपाईको चीक्स डिफाइन गर्छ । ब्लश भन्दा पहिले यसलाई अप्लाई गर्नु पर्छ ।

आइश्याडो, आइलाइनर र मस्करा गर्ने

पाउडर प्रोडक्सको क्रीम बेस्ट प्रोडक्ट भन्द पहिला लगाउने र सबै भन्दा पछि लिक्विड लाइनर मस्करा लगाउने ।

लिप लाइनर पछि लिपस्टीक लगाउने

पहिले लिप लाइनरले ओठ सेप बनाइसके पछि मात्र लिपस्टिक लगाउने ।

आइब्रोजको डिफाइन गर्ने

ब्रोजले तपाइको फेसको फ्रेम बनाउछ र तपाईले यो स्टेप मिस गर्नु हुदैन् । पेंसिल वा पाउडर जुन सुट गर्छ त्यहि ब्रोजको डिफाइन गर्ने ।

सेटिगं स्प्रेले फाइनल टच गर्ने

मेकप पुरा भएपछि सेटिंग स्प्रे अप्लाई गर्ने । यो नै लास्ट स्टेप हो र यस सँगै तपाईको मेकप सेट हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here