साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न सिफारिस

फाइलफोटो

काठमाडौं, ३१ असार । सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते आइतबार अपरान्ह ४ बजे आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here