नियमित व्यायाम गर्दा मानसिक स्वस्थ्यमा के कस्ता फाइदा हुन्छ ?

हाम्रो शारीरिक अवस्था फिट राख्न व्यायामको धेरै नै महत्व हुन्छ । नियमित व्यायाम गरेमा हामी स्वस्थ र तन्दुरुस्त हुन्छौं । यसले मोटोपना पनि घटाउँछ । आजभोली धेरै मानिसहरुले नियमित व्यायाम गर्ने गर्छन् ।

अधिकांश मानिसहरु आफ्नो लक्ष्यअनुसार व्यायाम गर्ने गर्छन । मानिसहरुले आफ्नो तौल बढाउन र घटाउनका लागि विभिन्न अभ्यासहरु गर्ने गर्छन । नियमित व्यायाम गर्दा शरीर को तागत र सहनेशक्तिमा समेत सुधार हुन्छ ।

तर, व्यायामका सबै लाभ प्राप्त गर्नको लागि हामीले उचित तरीकाले व्यायाम गर्नु आवश्यक हुन्छ । अन्यथा तरीका नपुर्याइ व्यायाम गरेमा यसबाट फाइदा भन्दा पनि बेफाइदा हुन सक्छ । साथै चोट लाग्ने जोखिम पनि बढाउछ ।

व्यायामले हाम्रो शारीरिक स्वास्थ्य मात्रै होइन मानसिक स्वास्थ्यमा पनि ठूलो लाभ दिन्छ ।

थाहा पाइराखौं व्यायामबाट हुने मानसिक फाइदाहरु

मुड राम्रो बनाउछ

नियमित व्यायाम गर्ने बानीले हाम्रो मुड राम्रो बनाउँछ । नियमित व्यायाम गर्ने बानीले शरीरमा एन्डोर्फिन नामको हर्मोन पैदा गर्छ जुन तनाव र डिप्रेशन विरुद्ध लड्छ । तपाईंलाई हिँड्न र दौडन पनि राम्रो महशुस हुन्छ ।

आत्मविश्वास बढाउँछ

कहिलेकाँहि मानिसहरुमा आत्मविश्वासको कमी हुन्छ र अन्य मानिससँग बोल्न, भेट्न असमर्थ हुने गर्छन् । यसले तपाईंको कामलाई पनि प्रभावित बनाउन सक्छ ।

यस्तो समयमा एउटा सानो एक्सरसाइजले तपाईंको मद्दत गर्न सक्छ । दैनिक केहि समय निकालेर ट्रेडमिलमा दौडिएमा मात्रै पनि तपाईंले आत्मविश्वास बढाउन सक्नुहुन्छ ।

मस्तिष्कको कार्यसम्पादन सुधार गर्छ

नियमित व्यायामले पनि मस्तिष्कको कार्यसम्पादनमा पनि सुधार गर्छ । अभ्यासको क्रममा धेरै मस्तिष्क कोष उत्पन्न हुन्छ र कनेक्शन राम्रो बन्दै जान्छ ।

नियमित व्यायामले तपाईंलाई कुनै एक चीजमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ र तपाईलाई अधिक ऊर्जा प्रदान गर्छ ।

चिन्ता कम गर्छ

चिन्ताबाट छुटकारा पाउनका लागि व्यायाम धेरै फाइदाजनक हुन्छ । जस्तै तपाईंलाई कुनै कुराको तनावले चिडचिडाहट महसुस भएमा ३० मिनेट जगिङ गर्नुभयो भने त्यो धेरै नै प्रभावकारी हुन्छ ।

यस बाहेक तपाईंले जिममा विभिन्न खालका व्यायाम गर्नुहुन्छ भने तपाईंको शरीर त आकर्षक बनाउँछ नै साथै चिन्ता पनि हट्दै जान्छ ।

स्मरणशक्ति बढ्छ

नियमित व्यायाम गर्ने बानीले तपाईंको स्मरणशक्ति समेत बढाउँछ । नियमित शारीरिक अभ्यास मानसिक स्वस्थ्यमा पनि सुधार गर्छ ।

त्यसैले शरीरलाई फिट एण्ड फाइन राख्नुका साथै मानसिक स्वस्थ्य चुस्त दुरुस्त राख्न चाहनुहुन्छ भने नियमित रुपमा व्यायाम गर्नुहोस् ।

एजेन्सीको सहयोगमा

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here