कोरोना कहर : एप्पलको कार्यलय थप एक महिना बन्द रहने

काठमाडौं, ६ साउन । अमेरिकी ग्याजेट निर्माण कम्पनी एप्पलको कार्यलय थप एक महिना बन्द हुने भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सेप्टेम्बरबाट सबै कर्मचारी कार्यलयमा उपस्थित हुने भनिएकोमा यो अबधी एक महिना थप गर्दै अक्टोबर पुर्याईएको सिईए टिम कुकले बताएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम ब्लूबर्गका अनुसार क्यालिफोर्निया स्थित एप्पल कम्पनीका कर्मचारीको कार्यलय फर्किने समय एक महिना थप गरिएको हो ।

पछिल्लो समय अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । अमेरिकामा दैनिक ३२ हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी हुँदै आएको छ । अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण बढेको कारण संक्रमण बढेको बताईएको छ ।

अमेरिकामा अहिलेसम्म ३ करोड ५० लाखमा कोरोना संक्रमण पुष्टी भएको छ भने ६ लाख २५ हजारको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here