नेपाल भित्रिदै एम सिरिजका विद्युतीय कार, कति पर्ला मूल्य ?

काठमाडौं, ६ साउन । इभी नेपाल मोटर्सले एम सिरिजका विद्युतीय कार नेपाल ल्याउने भएको छ । चिनियाँ कम्पनी साइटेकले उत्पादन गरेको एम सिरिजका कार नेपालमा ल्याउने भएको हो ।

एम सिरिजका विद्युतीय ह्याचव्याक कार निकै स्मार्ट फिचरले भरिएको कम्पनीले दावी गरेको छ । १५ इन्चको अलोय र स्टील ह्वील अप्सनमा आउने यो कारमा डिजिटल मोनिटर, १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, राउन्ड गियर नव, मल्टी फङ्गसनल स्टेरिङ ह्वील, किलेस इन्ट्री, दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ ।

३७३५ एमएम लम्बाई, २४१५ एमएमको ह्वील वेस, १६५५ एमएम चौडाई र १५५० एमएम उचाई रहेको यो कारलाई सहरी यात्राको लागि उत्कृष्ट मान्न सकिन्छ ।

५५ किलोवाट क्षमताको मोटर जडान भएको यो कारले ४.८ सेकेन्डमा सून्यदेखि ५० किलोमिटरको स्पीड भेट्टाउन सक्ने कम्पनीको दाबी छ ।

सुरक्षाको लागि कारमा दुई वटा एयरव्याग, टायर प्रेसर मोनिटरिङ, आइएसओ फिक्स चाइल्ड सिट, स्पीड सेन्सिङ्ग डोर लक, सेन्ट्रल लक, रिमोर्ट कि, एबीएस, ब्रेकिङ फोर्स डिस्ट्रीव्यूसन, हिल एसिस्ट, पावर स्टेरिङ, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक जस्ता फिचर उपलब्ध रहेको छ ।

३५ किलोवाट आवरको लिथियम आयोन व्याट्री जडान भएको यो कारले करिब ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । साउन अन्तिममा नेपालमा विक्री सुरु हुने यो कारको मूल्य ३० लाखदेखि ३५ लाख पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here