‘अर्थतन्त्रलाई भ्याक्सिन चाहिएको छ’

फाइलफोटो

काठमाडौं, ६ साउन । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई भ्याक्सिन चाहिएको बताएका छन् ।

नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कोरोना माहामारीले अर्थतन्त्रमा ठूलो चुनौती थपिएकाले त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

अर्थतन्त्र र जनता दुवैलाई भ्याक्सिन चाहिएको भन्दै शर्माले सरकारले छिट्टै राहतको घोषणा गर्ने बताए । मन्त्री शर्माको अनुसार मुलुकको वर्तामान चुनौती भनेको उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा विकास गर्ने बताएका छन् ।

कोरोनाले हामीलाई आधारमुखी हुनुपर्ने पाठ पठाएको उनले बताए । अहिलेको अवस्था अन्त्यन्त अप्ठेरो छ, कोभिडले दु:ख दिइरहेको छ । अर्को भेरियन्ट आउँछ भन्ने पनि छ, यसलाई नियन्त्रण गर्नु सबैको एकजुट हुन आवश्यक छ । उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here