राष्ट्र बैंकसहित १५ वटा बैंकमा ह्याकर आतंक, प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकमा ह्याकर आतंक फैलिएको छ । ह्याकरहरुले बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिइएका छन् ।

ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक रहेका छन् ।

त्यस्तै एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरिएको छ ।

यी संस्थाका अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको पाइएको छ । बैकहरुले इमेलमार्फतको पत्र र टेलिफोन कलबारेको जानकारी सरोकारवालासमक्ष पुर्‍याएर सचेत हुन आग्रह गरिएको र थप अनुसन्धान अघि बढाइएको बताएका छन् ।

इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनीसमेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here