आयल निगम एसएपी प्रणाली सञ्चालन गर्ने पहिलो सरकारी निकाय, कसरी गर्ने भुक्तानी ?

काठमाडौं, ७ साउन । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी (SAP) प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ ।

यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ ।

यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस सँगै निगमले एनसीएचएलको सहकार्यमा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत् गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको निगमले जनाएको छ ।

डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?

-डिलरले आफ्नो बैंकरवित्तिय संस्थालाई भुक्तानी आदेश सँगै आफ्नो ‘कस्टोमर आइडी’ र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।

– बैंकर वित्तिय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएकोे प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्

-यसरी शाखाबाट रु १० लाख सम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार रु १ करोड सम्म तथा नन् रियल–टाइममा रु २० करोड सम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

-त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न www.connectips.com, यसको मोबाईल एप, कर्पोरेट पे तथा डिलरको पोर्टलमा जोडिएको कनेक्टआइपिएस९गेटवे० मार्फत पनि अनलाइन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here