कारोबारको दुई घण्टा : नेप्से ३० अंकले बढ्दा ५ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, ७ साउन । शेयर बजारको कारोबार सुरु भएको दुई घण्टामा शेयर बजार दोहोरो अंकले बढेको छ । १ बजेसम्म शेयर बजार ३०.१३ अंकले बढेर ३०१५.७० अंकमा पुगेको छ ।

यस बिचमा ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने तीन कम्पनी सामुहिक लगानी कोष हुने भने अरु कृषि विकाश बैंक र निगिडी ग्रुप पावर हुन् ।

विहीबार लक्ष्मी उन्नती कोषको शेयर मूल्य १०.०४ प्रतिशत बढ्यो । त्यस्तै, निगिडी ग्रुपको १० प्रतिशत, सिटिजन्स म्यूचल फन्डको ९.९१ प्रतिशत, कृषि विकास बैंकको ९.९१ प्रतिशत र सिटिजन म्यूचल फन्डको ९.५४ प्रतिशत बढ्यो ।

अहिलेसम्म २१६ कम्पनीको ३ करोड ३९ लाख ६७ हजार ६० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६ करोडको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here