आदर्श लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल

काठमाडौं, ७ साउन । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने बताएको छ ।

आईपिओ निष्काशनको लागि लघुवित्त कम्पनीले बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सम्झौता अनुसार शेयर निष्काशन भईसकेपछि शेयर रजिष्ट्रारको कार्य पनि बि.ओ.के. क्यापिटलले नै गर्ने छ ।

लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरे बमोजिम प्रकृया अगाडि बढाएको हो ।

यससँगै कम्पनीले क्रेडिट रेटिङ्ग कम्पनी मार्फत साख मुल्याङ्कन र पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग आईपीओ बिक्रीका लागि अनुमति माग गर्नेछ । बोर्डबाट अनुमति पाएपछि मात्र लघुवित्तको शेयर बिक्रीमा आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here