दोहोरो अंकले बढ्यो शेयर बजार, ११ अर्बको कारोबार हुँदा ७ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, ७ साउन । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ अंकमा पुगेको छ ।

बिहीबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ४.०६ अंकले बढेर ५६२.२४ अंकमा पुग्यो ।

आज सामुहिक लगानी कोष, बैकिङ्ग, फाइनान्स, जलविद्युत र निर्जीवन बीमा कम्पनी बाहेक अन्य सबै समुहको सूचक घट्यो । सामुहिक लगानी कोषको सूचक ५.२७ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्गको सूचक १.७२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक २.०२ प्रतिशत घट्यो ।

बिहीबार २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोडको कारोबार भयो ।

आज ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा लक्ष्मी उन्नती कोष, सीइडीबी हाइड्रोपावर, निगिडी पावर, पोखरा फाइनान्स, माउण्टेन हाइड्रो, लक्ष्मी इक्युटी फण्ड र ग्लोबर आइएमई सम्मुनत रहेका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनरका शेयर धनी छन् ।र हिमालयनको पावरको शेयर मूल्य ४.०७ प्रतिशत घट्यो । त्यस्तै, बरुण हाइड्रोपावर कम्पनीको ३.९३ प्रतिशत बढ्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार कृषि विकास बैंकले गर्यो । बैंकले ४६ करोड २७ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here