थप २७१४ जनामा कोरोना संक्रमण पुष्टी, १२८८ जना संक्रमण मुक्त

काठमाडौं, ७ साउन । पछिल्लो २४ घण्टामा देशभर २७१४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९१२२ पीसीआर परीक्षणमा १८५५ र ३७०७ जनाको एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२८८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९०जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here