काठमाडौंका श्रमिकको ज्याला पाँच प्रतिशत बढ्यो, कसको कति ? (सूचीसहित)

काठमाडौं, ७ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले श्रमिकहरूको ज्यालादर तोकेको छ । आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।

काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्याला पाँच प्रतिशत वृद्धि गर्ने निर्णय स्वीकृत गरेको छ ।

ज्याला दर नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकांकको मान तथा प्रचलित बजार दरलाई आधार मानी पाँच प्रतिशतले वृद्धि गरिएको छ। श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने अवधि ८ घण्टा लाई आधार मानिएको छ ।

यो ज्याला दर आव २०७८/ ७९ बाट लागू हुने प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। त्यस्तै विभिन्न निर्माण सामग्रीहरूको पनि मूल्य तोकिएको छ।

श्रम ऐन, २०७४ मा प्रत्येक दुई/दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो ।

रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।

हेर्नुहाेस् सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here