काठमाडौं, ८ साउन । ग्लोबल आइएमई क्यापिटलले साउन ९ गते शनिवार पनि कार्यालय खुला हुने भएको छ । कम्पनीले मध्य भोटेकोशी जलविद्युत आयोजनाको आइपीओे निष्काशन भईरहेको र सो कि लागि क्यापिटलको तर्फबाट प्रदान गरिने सेवा शनिवार पनि खुला गर्ने निर्णय गरेको हो ।
कम्पनीले एक सूचना जारी गरी शनिबार नक्साल स्थित लक्ष्मणबाबु भवनमा रहेको क्यापिटलको मुख्य कार्यालय बिहान १०ः०० बजेदेखि दिउसो ३ः०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ ।
शनिबार सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयरमा आवेदन गर्ने, हाइड्रोईलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन गर्ने र मेरो शेयरसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्ने क्यापिटलले जानकारी दिएको छ ।