६ कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति, मध्यभोटेकोशीको १५ लाखले पाउने

काठमाडौं, ८ साउन । धितोपत्र बोर्डले ६ कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको छ ।

आइपीओको लागि अनुमति पाउने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत, तेह्रथुम पावर कम्पनी, मैलुङ खोला जलविद्युत, मानुषी लघुवित्त वित्तीय संस्था, सानिमा लाइफ इन्स्योरेन्स र साम्लिङ पावर कम्पनी छन् ।

मध्य भोटेकोशीको मात्रै १५ लाखले पाउने

मध्य भोटेकोशीको मात्रै १५ लाख व्यक्तिले आइपीओ पाउनेछन् । कम्पनीले कुल १ करोड ५० लाख कित्ताको लागि आइपीओ निष्काशन गर्दै छ । जसमा गोला पर्थाबाट १५ लाखले कम्पनीको शेयर पाउनेछन् ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

तेह्रथुम पावर कम्पनी

तेह्रथुम पावर कम्पनीले कुल १२ लाख कित्ताको लागि आइपीओ निष्काशन गर्दै छ । जसमा गोला पर्थाबाट १ लाख २० हजारले कम्पनीको शेयर पाउनेछन् ।

तेह्रथुम पावरले पहिलो चरणमा तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ साउन ५ गतेदेखि विक्रीमा ल्याएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता विक्री गर्न लागेको हो । स्थानीयलाई आइपीओ जारीपछि सर्वसाधरणका लागि सेयर जारी गरिने कम्पनीले जनाएको छ ।

मैलुङ खोला जलविद्युत

मैलुङ खोला जलविद्युतले ७ लाख ३६ लाख २ सय ८६ कित्ताको लागि आइपीओ निष्काशन गर्दै छ । मैलुङ खोला जलविद्युत सात लाख ३६ हजार २८६ कित्ता आइपीओ जारी गर्न लागेको हो । आइपीओ पीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

मानुषी लघुवित्त वित्तीय संस्था

मानुषी लघुवित्त वित्तीय संस्थाले कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर आइपीओ निष्काशन गर्दै छ ।

सानिमा लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्सले कुल ६० लाख कित्ता आइपीओ निष्काशन गर्दै छ ।

साम्लिङ पावर कम्पनी

साम्लिङ पावर कम्पनीले कुल १२ लाख ३० हजार कित्ताको लागि आइपीओ निष्काशन गर्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here