काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका उपनेता पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आयो भन्दै प्रश्न उठाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेम्वाङले जनताले प्रतिपक्षमा बस्न कांग्रेसलाई जनातले जनादेश नदिएको दाबी गरे ।
“प्रधानमन्त्रीलाई बधाई दिनु छ, उहाँले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइँन,” नेम्वाङले भने, “उहाँले निर्वाचनबाट जनादेश पाउनुभएको छैन । परमादेशबाट उहाँ आउनुभएको हो ।” तर बधाई दिन म संसदमा उभिएको छु।’
नेम्वाङले अहिले कांग्रेस नेतृत्वको सरकार बनेकोकाले स्वभाविक रुपमा एमाले प्रतिपक्षमा बसेको बताए। ‘एक मिनेट ढिलो नगरी जिम्मेवार प्रतिपक्षका रुपमा भूमिका खेल्छौँ। कसबाट सिकेको हो कुन्नि हामी पहिलो दिन नै हाउस अवरुद्ध गर्थ्यौँ। साथीहरुले त पहिलो दिन नै अवरुद्ध गरेका थिए’, उनले भने, ‘तर हामी रचनात्मक प्रतिपक्षका रुपमा काम गर्छौँ।’






















