ओली ज्यू ! अहंकारले कांग्रेसको अन्तिम सरकार भन्नुहुन्थ्यो, दुईतिहाई बहुमत कहाँ गयो ?

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारकै कारण शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्ने उनकै उक्ति उल्टिएको बताएका छन् ।

शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै चुनाव अघि नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भनेको स्मरण गर्दै उनले अहंकारले दुईतिहाई बहुमत गुमेको बताए ।

‘चु्नाव अघि कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवाभन्दै हुँङकार गर्नुहुन्थ्यो,’ सिंहले प्रश्न गरे, ‘तर, खोइ दुईतिहाई आज कहाँ गयो ? ‘ जनताले दिएको म्याण्डेट कहाँ गयो ?’ दुईतिहाइ बहुमत प्राप्त गरेको सरकारले विधि र विधान मिचेर अघि बढेपछि सर्वोच्चले संविधान स्मरण गराइदिएको उनले बताए ।

देउवा सर्वोच्चको परमादेशबाट नभई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here