रोयल इनफिल्ड : कुन मोडलको मूल्य कति ?

काठमाडौं । सबैभन्दा पुरानो मोटर साइकल कम्पनीको रोयल इन्फिल्डका मोटरसाइकल नेपाली बजारमा औधी मन पराइन्छ ।

नेपालको लागि रोयल इनफिल्डको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले नयाँ आर्थिक वर्ष सुरु भएसंगै नेपाल उपलब्ध इनफिल्डका विभिन्न ८ मोडलको मूल्य सार्वजनिक गरेको छ ।

३५० सिसीभन्दा बढी क्षमता रहेको रोयल इनफिल्डको सबैभन्दा सस्तो रोयल इनफिल्ड बुलेट इलेक्ट्राःस्टान्डर्ड–३५० सिसीको मूल्य ४ लाख ६७ हजार रहेको छ र यीमध्ये सबैभन्दा महंगो रोयल इनफिल्ड इन्टरसेप्टर–६५० सिसीको मूल्य १२ लाख ४९ हजार छ।

१. रोयल इनफिल्ड बुलेट इलेक्ट्रा : स्टान्डर्ड

३५० सिसी क्षमता रहेको रोयल इनफिल्ड बुलेट इलेक्ट्रा : स्टान्डर्ड नेपालमा उपलब्ध सबैभन्दा सस्तो बुलेट हो । जसको मूल्य ४,६७,००० रुपैयाँ रहेको छ ।

२. रोयल इनफिल्ड बुलेट स्टान्डर्ड

रोयल इनफिल्ड बुलेट स्टान्डर्ड ३५० सिसी एबिएसको नेपाली बजारमा मूल्य ५,४०,००० रहेको छ ।

३. रोयल इनफिल्ड बुलेट इलेक्ट्रा

रोयल इनफिल्ड बुलेट इलेक्ट्रा ३५० सिसीको मूल्य ५,६०,००० रहेको छ ।

४. रोयल इनफिल्ड क्लासिक

रोयल इनफिल्ड क्लासिक ३५० सिसीको नेपाली बजारको मूल्य ५,१५,००० रुपैयाँ रहेको छ ।

५. रोयल इनफिल्ड क्लासिक सिग्नल्स

रोयल इनफिल्ड क्लासिक सिग्नल्स ३५० सिसी एबिएसको नेपाली बजारको मूल्य ५,९९,९९९ रहेको छ ।

६. रोयल इनफिल्ड क्लासिक

रोयल इनफिल्ड क्लासिक ३५० सिसी एबिएसको मूल्य ६,००,००० रहेको छ ।

७. रोयल इनफिल्ड हिमालयन

रोयल इनफिल्ड हिमालयन ४११ सिसीको मूल्य ८,९८,००० रहेको छ ।

८. रोयल इनफिल्ड इन्टरसेप्टर

रोयल इनफिल्ड इन्टरसेप्टर ६५० सिसीको नेपाली मूल्य १२,४९,००० यो नेपाली बजारमा उपलब्ध सबैभन्दा महङ्गो बुलेट हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here