थप २९७७ जनामा कोरोना पुष्टी, काठमाडौं उपत्यकामा ६१३ जना थपिए

काठमाडौं, ८ साउन । पछिल्लो २४ घण्टामा देशभर २९७७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ३९८ पीसीआर परीक्षणमा १९८२ र ३६१० जनाको एन्टिजेन परीक्षणमा ९९५ जना गरी २९७७ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौं उपत्यकामा थप ६१३ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा सबैभन्दा बढी ४१० जना, ललतिपुर १३४ र भक्तपुरमा ६९ जनामा संक्रमण देखिएको छ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६७८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ६६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here