एनएमबिको ग्राहकहरूलाई बिगमार्टमा २५ प्रतिशतसम्म छुट

काठमाडौं, ८ साउन । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिवारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी card@nmb.com.np/call@nmb.com.np मा ईमेल गर्न सकिने बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here