कारोबारको दुईघण्टा: शेयर बजारमा उछाल, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, १० साउन । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन बजार खुलेको दुईघण्टा १ बजेसम्म नेप्से ३७.९४ अंकले बढेर ३०४२.२८ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका २१४ कम्पनीको २ करोड २८ लाख ३१ हजार ९१ कित्ता शेयर ५८ हजार ८२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोड ५२ लाख ६६ हजार १११ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म बढेर सर्किट लागेको छ । विशाल बजार कम्पनी, ङादी ग्रुप पावर,सार्पेट माइक्रोफाइनान्स वित्तिय संस्था,पञ्चकन्या माई हाइड्रोपावर, युनिभ्रसल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here