शेयर बजारमा उछाल, ९ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, १० साउन । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ अंकमा पुगेको छ ।

आइतबार राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ११.७४ अंकले बढेर ५७४.०२ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका मध्ये सामुहिक लगानी कोष र होटल एण्ड टुरिजम बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सामुहिक लगानी कोषको सूचक १.२९ प्रतिशत घट्योे भने होटल एण्ड टुरिजमको ०.६२ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै बैकिङ्ग समुहको सूचक बढ्यो । बैकिङ्गको सूचक ३.४३ प्रतिशत बढ्यो । त्यस्तै, जलविद्युतको २.३९, लघुवित्तको १.५८ प्रतिशत बढ्यो ।

कोरोबार भएको अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा पनि वृद्धि भएको छ । आइतबार २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोडको कारोबार भयो ।

आइतबार ९ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्नेमा विशाल बजार कम्पनी, निगीढी पावर सर्पोट लघुवित्त, राढी विद्युत कम्पनी, पत्तचकन्या माई हाइड्रो कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, यूनिभर्सल पावार कम्पनी र हिमालयन उर्जा विकास रहेका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी उन्नती कोषका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.९५ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल बैंकले गर्यो । बैंकले २९ करोड ७६ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here