काठमाडौं, २ असार । सिजन मिडियाले ‘मिस टिन कलेज’को सातौ संस्करण र ‘कलेज हेन्डसम नेपाल’काे द्रोस्रो संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष २० वर्ष सम्मको छात्राहरु र १६ देखि २३ वर्र्ष सम्मका छात्र केटाहरुलाई मध्यनजर राखि ‘मिस टिन कलेज २०१९’ र ‘कलेज हेन्डसम नेपाल’को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।
कलेज स्तरका युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर गराउने हेतुले यो कार्यक्रम गरिएको उनी बताउँछन् ।
विगत ११ वर्षदेखि काठमाडाैंमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो सातौं चरणको लागि आवेदन फारम खुल्ला गरेकाे हो । उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट छात्र छात्राहरु गरेर जम्मा ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७६ साल असार २५ गते वाट २७ दिनको प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन, मोडलिङ् ¥याम्प वाक , पालुङ भ्रमण, टेवल म्यानर,फोटोग्राफी,फूटसल लगायत विभिन्न प्रतियोगीतात्मक खेलकुदका कार्यक्रमहरु,व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने आयाेजकले बताएकाे छ ।
विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, विभिन्न कलेजको भ्रमण र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने पनि वन्तले बताए ।
प्रतियोगीहरुलाई ‘फष्ट नेपाल फाउण्डेसन’संगको आवद्धतामा एक वर्ष सम्म विभिन्न सामाजीक कार्यमा सहभागी गराइने छ ।
प्रतियाेगितामा सहभागिताको लागि असार तेस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय कमलादीमा भर्न सकिने र प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा श्रावणको तेस्रो साता राजधानीमा सम्पर्न हुनेछ ।
प्रतियोगिताका विजेताले ‘मिस टिन कलेज तथा कलेज हेन्डसम नेपाल २०१९’ कोे ताज उपाधि सहित उच्च शिक्षाको लागि छात्रावृत्ति साथै थाइल्याण्ड भ्रमणको अवसर र वैदेशिम उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छन भने नेपाल एयर होस्टेज एकाडमीमा एयरहोस्टेज अध्ययनको लागि पूर्णछुट पाउनुको साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।
यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिने आयाेजकले बताएकाे छ ।